भक्तपुरको ताथलीमा भेटियो कंकाल

भक्तपुर, मंसिर ७। चाँगुनारायण नगरपालिका वडा नं.९ ताथली स्थित ठुलोपाखा सामुदायिक बनमा मानवको कंकाल फेला परेको छ ।
अनुसन्धानको लागि गएको बिशेषज्ञको टोली घटनास्थलमा जाँदा उक्त बनभित्र लप्सीको रुखको फेदमा ५ फिट ६ ईन्चको मानव कंकाल फेला परेको र उक्त हाँगामा जुटको डोरीको पासो चुँडिएको अवस्थामा रहेको फेला परेको छ ।
उक्त कंकाल पोष्टमार्टमको लागि के.एम.सि. अस्पताल दुवाकोट भक्तपुर पठाई घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८ २१:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय