Kath Khabar
माओवादी केन्द्रका नेताद्धारा हेलम्बुका अग्नीपीडित परिवारलाई राहत वितरण

 सिन्धुपाल्चोक, मंसिर ८ । हेलम्बु गाउँपालिका इचोकका अग्नीपीडित तीन परिवारलाई राहत वितरण गरिएको छ ।

वाग्मती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य युवराज दुलाल, वाइसीएल जिल्ला इन्चार्ज सुरेश राना, माओवादी २ नं क्षेत्रीय अध्यक्ष भरत थापा, हेलम्बुका अध्यक्ष पेमा ह्योल्मो, जिल्ला कमिटी सदस्य सिपी दुलाल, हेलम्बु–५ का अध्यक्ष मिङमार तामाङलगायतको टोलीले मङ्गलबार पीडित परिवारलाई भेटेर राहत सामग्री वितरण गरेको हो ।

टोलीले पीडित प्रतिपरिवारलाई १७ हजार रुपैयाँ , तीन बण्डल जस्तापाता, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडालगायत वितरण गरेको जिल्ला कमिटी सदस्य सिपी दुलालले जानकारी दिनुभयो । सोमबार साँझ इचोक सुर्सिङ झाँक्रीटोलमा सञ्च तामाङको गोठमा आगलागी हुँदा ६ वर्षीय मनोज तामाङ, पाँच वर्षीय मनिष तामाङ र  पाँच वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update