आज वर्षा र हिमपात हुने

काठमाडौं, मंसिर ८। देशका केही स्थानमा बुधबार वर्षा र हिमपात हुने भएको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा आज दिउँसो हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
विभागका अनुसार आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८ ०८:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय