Kath Khabar
बिहानको समयमा भिजिविलिटी कम भए पछि आन्तरिक उडान प्रभावित

काठमाडौं, मंसिर ८ । बुधबार बिहान काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानको मौसम सफा नहुदाँ आन्तरिक उडान समेत प्रभावित बन्न पुगेको छ ।  भिजिविलिटी (पारदर्शिता) कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका हुन्।

बुधबार बिहानैदेखि अधिकांश विमानस्थलको मौसम खराव हुँदा भिजिवलिटी अपुग भएर आन्तरिक उडानहरु प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

कुनै पनि आँखाले हेरेर अवतरण हुने (भिएफआर) जहाजलाई कम्तिमा ५ किलोमिटर भिजिवलिटी आवश्वकता पर्छ भने यान्त्रिक भिजिवलिटीमा अवतरण गर्ने  (आइएफआर) जहाजका लागि १६ सय मिटर आवश्यक पर्छ।

विहानैदेखि मौसम खरावीका कारण भिजिवलिटी नपुग्दा बाटो पहिल्याएर आउन (एअरवे फलो) जहाजहरुलाई समस्या हुने भएपछि विमानस्थलले उडान(अवतरण गर्न अनुमति नदिने गरेको जनाएको छ।

दिउँसो भने मौसम सफा हुदै गए पछि उडान सुचारु हुने छ । भद्रपुर, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, तुम्लिङटार, राजविराज, नेपालगन्ज, धनगढीलगायत अधिकांश विमानस्थल भिजिविलिटीका कारण खुल्न नसक्दा उडान हुन सकेको छैन ।  

बुधबारका लागि १५० उडान हुने तालिका थियो। बिहान काठमाडौं उपत्यका सहित विभिन्न शहरमा देखिने बाँक्लो तुँवालेले गर्दा उडानमा समस्या देखिएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update