Kath Khabar
बुद्ध एयरको विमान स्यालसँग ठोक्कियो

नेपालगञ्ज, मंसिर ८। त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको विमान स्यालसँग ठोक्किएको छ। आज साझ अवतरणको क्रममा उक्त विमान स्यालसँग ठोक्किएको हो । स्यालसँग ठोकिए पनि विमान र यात्रु सकुसल रहेको र विमानमा सामान्य क्षति भएको अधिकारीले जनाएका छन् ।  

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update