
काठमाडौं, मंसिर ९ । काठमाडौं उपत्यका सहित मुलुकभर चिसो बढेको छ । सोहि क्रममा सबैभन्दा बढी चिसो जुम्लामा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुम्लाको पछिल्लो २४ घण्टाको न्यूनतम तापक्रम माइनस तीन डिग्री सेल्सीयस र अधिकतम तापक्रम १८ डिग्री सेल्सीयस मापन गरेको छ । यस्तै काठमाडौं उपत्यकाको तापक्रम न्यूनतम तापक्रम १० डिग्रीसेल्सीयस र अधिकतम तापक्रम २१ डिग्रीसेल्सीयस मापन गरेको छ ।
दिउँसो अर्थात् बिहानको १०÷११ बजेदेखि रातिको ६ बजेसम्म देशको पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक÷दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती अर्थात् बेलुका ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु(भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।