Kath Khabar
तुवाँलोको   कारण  विराटनगर, भरतपुर, भोजपुर, दाङ लगायतका क्षेत्रमा आन्तरिक उडान प्रभावित

काठमाडौं, मंसिर ९ । तुवाँलो र हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् ।  तुवाँलो र हुस्सुका कारण विराटनगर, भरतपुर, भोजपुर, दाङ, राजविराज, सुर्खेत, धनगढी लगायतका क्षेत्रमा उडान रोकिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

मौसमविद्का अनुसार अहिले  भिजिबिलिटी १५ सय मिटरमा झरेको छ । आन्तरिक उडानका लागि ३ हजार मिटर माथि भिजिबिलिटी हुनुपर्छ ।
चिसो मौसमा बाक्लो तुवाँलोे र हुस्सु लाग्नु हुदाँ उडानमा समस्या हुने गरेको छ भने दिउँसोको समयमा भने सो कम हुदै जाने हुदाँ उडान पुनः सामान्य अवस्थामा हुने गरेको पाईन्छ ।

तुवाँलो हटेपछि उडान सुरु हुने छ । अहिले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको  कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update