काठमाडौं र भक्तपुरमा दुई व्यक्ति मृत फेला

काठमाडौं, मंसिर ९। काठमाडौं महानगरपालिका–८ पशुपति नजिक विश्वरुप जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–७ धुन्चेपाखास्थित मनहरा खोला किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आज बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८ १६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय