Kath Khabar
चितवनको एमाले महाधिवेशनले काठमाडौंको थानकोटमा जाम



काठमाडौं, मंसिर १० । चितवनमा आज भैरहको एमाले महाधिवेशन उद्घाटनको असरले  काठमाडौंमा जाम भएपछि थानकोटमा गाडी होल्ड गरिएको छ ।
 
एमाले महाधिवेशनका लागि चितवन जाने सवारीसाधनको चाप बढेपछि प्रहरीले काठमाडौंमा सवारीसाधन होल्ड गर्नुपरेको हो । धादिङको खानीखोलामा अत्यधिक जाम भएर सवारीसाधन आउन जान नसकेकोले होल्ड गर्नुपरेको र त्यो जाम हट्नेवित्तिकै होल्ड गरिएका सवारीसाधन छुट्ने महानगरीय ट्राफिक महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update