उपचार खर्च तिर्न नसक्दा अस्पतालको तीन तलामाथिबाट हाम फाले बिरामीले

विराटनगर, मंसिर १०। विराटनगरस्थित गोल्डेन अस्पतालको ३ तलामाथिबाट एकजना बिरामीले हाम फालेका छन् । मोरङ धनपालथान–१ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले उपचार खर्च तिर्न नसक्दा शुक्रबार बिहान अस्पतालबाट हाम फालेको बताईएको छ ।
टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको र त्यही गोल्डेन अस्पतालमा नै उपचार भैरहेको छ । उहाँलाई छारे रोगको समस्या भैरहेकोले अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले मंसिर ७ गते नै डिस्चार्ज दिएको तर पैसा तिर्न नसकेकोले घर जान सक्नु भएको थिएन । ३६ हजार खर्च लागेको उहाँको उपचारमा १७ हजार तिरेर १९ हजार बाँकी रहेको पाइएको छ । उहाँले डिप्रेसनको औषधी पनि खाइरहनुभएको बताईएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८ १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय