सेती नदीमा एक महिला बेपत्ता

डोटी, मंसिर ११ । डोटीको दिपायलमा सेती नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । शुक्रवार दिउँसो नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रूपसिंह थापाले बताउनुभयो ।
नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीका लागि प्रहरी खटिएका छन् ।
ती महिलाले दिपायलको सेती नदीको पक्की पुलबाट हाम फालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका जवान केशव खड्काले देख्नुभएको थियो । त्यसपछि उहाँले इलाका प्रहरी कार्यालयमा खबर गरेको र हाम फाल्ने महिलाको नाम र ठेगाना नखुलेको प्रहरी अधिकारीले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८ ०७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय