
काठमाडौं, मंसिर ११। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ आदर्शस्थित सडकमा बा.३ ख ५४२३ नम्बरको टिपरले बा.५७ प ३११३ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा स्कुटर चालक ललितपुर कुसुन्ती बस्ने धनकुटा राजारानी घर भएका २४ वर्षीय अशिम लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको डा. ईवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार ललितपुर पाटन बस्ने २६ वर्षीय सन्दिप महर्जनलाई सोही अस्पताल हुँदै थप उपचारको लागि विएण्डवि अस्पताल रिफर गरिएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुकुम (पश्चिम) को मुसिकोट नगरपालिका–१४ छिवाङ खोलास्थित सडकमा रा.५ प ४३४६ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय भिम बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको छ ।
नवलपरासी (पूर्व) को कावासोती नगरपालिका–१६ चालिसकिलो जंगलस्थित सडकमा ना.६ ख ७११३ नम्बरको बसको ठक्करबाट बसमा सवार बसको धनी बारा जितपुर सिमरा नगरपालिका बस्ने ३० वर्षीय रमेश राउत क्षेत्रीको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उहाँको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीमा ना.१६ प १८३५ नम्बरको मोटरसाइकललाई ना.८ ख २८१० नम्बरको बसले शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–३ बसामाडी बस्ने ३० वर्षीय प्रमोद कुमार लामाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उहाँको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।