
काठमाडौं, मंसिर १३ । पछिल्लो समय काठमाडौं उपत्यका सहित हिमाली , पहाडी र तराई भेगमा चिसो बढेको छ । तराईमा तुवाँलो र हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको हुदाँ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच पर्सि बुधबारदेखि देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुको भनाई छ ।
मौसमविद्हरुका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
पानी परेपछि अहिले धुम्म रहेको मौसम खुल्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि मौसम धुम्म भएको छ ।पानी परे पछि आकाश सफा भई तापक्रम बढ्ने छ ।
काठमाडौंको न्यूनतम तापक्रम बिहान ७ डिग्री सेल्सियस मापन गरिएको छ । सबैभन्दा चिसो जुम्लामा माइनस तीन डिग्री सेल्सियस मापन गरिएको छ ।