ललितपुरको हरिसिद्धिमा एक व्यक्ति मृत अवस्थामा फेला

काठमाडौं, मंसिर १३ । ललितपुरको हरिसिद्धिमा एक व्यक्ति मृत अवस्थामा फेला पर्नुभएको छ । ललितपुर जिल्ला ललितपुर महानगरपालिका–२८ हरिसिद्धि पासाटोल डेरा गरी बस्ने रामेछाप चिसापानी घर भएका ४५ वर्षीय खडक बहादुर मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला पर्नुभएको हो।
यसैगरी झापाको भद्रपुर नगरपालिका–१ बस्ने ४५ वर्षीय रविन शिव लिम्बु कचनकवल गाउँपालिका–५ डुकडुकीस्थित धान खेतमा आइतबार मृत अवस्थामा फेला पर्नुभएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८ १२:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय