Kath Khabar
दक्षिणकालीको कृषि फार्ममा आगलागी हुँदा ६५ वटा बाख्रा जलेर नष्ट


काठमाडौं, मंसिर १३। दक्षिणकाली नगरपालिका–९ हुडुस्थित बलामी टोलस्थित केशव बलामीको आदीना कृषि तथा पशुपन्छी पालन फर्ममा विद्युतको तार सर्ट भई आइतबार राति आगलागी हुँदा उक्त फर्म तथा करिब ६५ वटा बाख्रा जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी र स्थानीय बासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।  


 

 

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update