अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गयो, १० जना घाइते

अछाम, मंसिर १५ । अछाममा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।
अछामको सदरमुकाम मंगलसेनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मङ्गलसेन ४ कैलाश खोला नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मङ्गलसेन नगरपालिका –१ कुन्तीका अन्दाजी १८ वर्षका एकेन्द्र थापा र मंगलसैन नगरपालिका वडा नम्बर १४ का ५१ वर्षीय टंक भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूको धनगढीमा उपचार चलिरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८ ०८:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय