
काठमाडौं, मंसिर १५ । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियाद्धारा पेसी तोकिन लागेको छ। सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको छ। प्रधानन्यायाधीशले आफ्नो तजबिजबाट मुद्दाको पेसी तोक्ने गरिएकोमा सर्वोच्चको इतिहासमा पहिलोपटक गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिने भएको हो ।
मानिसहरूले सर्वोच्च अदालतमा रिट, पुनरावेदन तथा अन्य निवेदनहरू दर्ता गरेपछि तिनको सुनुवाइ कहिले कहिले कसरी हुने भन्ने नियम हुन्छन्। त्यही नियम अनुसार सर्वोच्च अदालतको पेशी व्यवस्थापन महाशाखाले मुद्दाको क्रम मिलाउँछ। मुद्दा पेशीमा चढाउँछन् भने यसको अधिकार हालसम्म प्रधानन्यायाधीशलाई रहेको थियो ।
गोला प्रक्रियाद्धारा पेसी तोकिन भए सँगै पुहँचवालाको मुद्धालाई मात्र स्थान दिने पछिल्लो प्रचलन अब हट्ने भएको एक कानुन व्यवसायीले बताउनु भयो । उहाँले यो एउटा न्यायिक सुधारको बाटो भएको हुदाँ अब सर्वसाधारणले समेत न्याय सहजरुपमा प्राप्त गर्न सक्ने बताउनु भयो ।
यसैबीच कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले गोला प्रथा प्रणालीलाई मुलुकभरका अदालतमा लागू गर्न माग गर्ने भएको छ।