काठमाडौंमा विभिन्न धनमाल चोरी

काठमाडौं, मंसिर १४ । काठमाडौं महानगरपालिका–२६ कपुरधारा डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका–४ घर भएका ४२ वर्षीय पुष्कर खड्काको कोठाबाट नगद ३ लाख रुपैयाँ र सुन तथा चाँदीको विभिन्न गरगहना समेत गरी करिब ६ लाख ८८ हजार ६ सय १५ रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८ १२:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय