ट्र्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

जाजरकोट, मंसिर १७। आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२नं को ट्र्याक्टर दुर्घटनामा श्रीमान् मृत्यु भएको छ भने श्रीमती घाइते हुनुभएको छ।
आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उहाँकी श्रीमती सपना विक घाइते हुनुभएको छ। उहाँको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८ १०:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय