काठमाडौंको नयाँबजारस्थित गार्मेन्टमा आगलागी

काठमाडौँ, मंसिर १७। नयाँबजारस्थित प्राइम कलेजनजिकै एक गार्मेन्टमा आगलागी भएको छ । शुक्रबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।
आगोको कारण खुलिनसकेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८ १६:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय