काठमाडौंको दक्षिणकालीमा एक व्यक्ति मृत अवस्थामा फेला

काठमाडौं, मंसिर १८। काठमाडौंको दक्षिणकाली नगरपालिका–७ युटिकीस्थित बाटोको छेउमा सोही नगरपालिका–८ ठस्सी गाउँ बस्ने ३६ वर्षीय सुमन पाख्रिन शनिबार मृत अवस्थामा फेला पर्नुभएको छ ।
मोरङको केराबारी गाउँपालिका–६ बस्ने खेम लिम्बुको घरमा सुनसरी धरान उपमहानगरपालिका–६ पानमारा बस्ने २० वर्षीय अनिल कट्वाल शुक्रबार मृत अवस्थामा फेला परेका पर्नुभएको छ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ तल्लोकाष्टे बस्ने ५० वर्षीय नवराज थापा क्षेत्री सोही ठाउँस्थित बाँसघारीमा शुक्रबार मृत अवस्थामा फेला पर्नुभएको छ ।
स्याङजाको वालिङ नगरपालिका–११ भोर्लेस्थित खरबारीमा सोही ठाउँ बस्ने २८ वर्षीय कमल पौडेल शनिबार मृत अवस्थामा फेला पर्नुभएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८ १९:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय