रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना, २५ घाइते

रुकुम पश्चिम, मंसिर २१ । रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
बाँफिकोट गाउँपालिका–२ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका–५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा हिजो बेलुका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, रुकमले जानकारी दिएको छ ।
दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेहरुको उद्धार गरेका थिए ।घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८ ०७:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय