कोटेश्वरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको ज्यान गयो
काठमाडौं, मंसिर २१ । काठमाडौंको कोटेश्वरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालकको ज्यान गएको छ ।
ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक भक्तपुर थिमीका ४७ वर्षका सुरज खलाको ज्यान गएको प्रहरीले जनाएको छ । कोटेश्वरको आकाशे पुल नजिकै रोकी राखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा वाग्मती प्रदेश ०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किएको हो । तीव्र गतिको कारण दुर्घटना भएको हुन सक्ने प्रहरी अनुमान रहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८ ०८:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय