
काठमाडौं, मंसिर २२ । सरकारले पालिका तहका १६ सयभन्दा धरै कर्मचारीको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तरपालिका तहमा १६ सय १३ जना कर्मचारीको काज सरुवा गरेको हो ।
मन्त्रालयले पालिकामा कार्यरत कर्मचारीले आफूलाई अपायक भएर मन्त्रालयमा दिएको निवेदनका आधारमा अर्को पालिकामा खटाउने निर्णय गरेको हो । अर्को तहमा जानका लागि निवेदन दिएकाहरूले मापदण्ड भने पूरा गरेको हुनुपर्छ । एक पालिकाबाट अर्को पालिकामा सरुवा हुनका लागि काम गरिरहेको पालिका र जान चाहेको पालिका दुवैको सहमति आवश्यक पर्छ ।
पालिका तहका कर्मचारीहरूको सरुवासम्बन्धी कानुनी व्यवस्थाको अभावका कारण अहिले अन्तरपालिका तह कामकाजमा खटाउने निर्णय भएको
गरिएको मन्त्रालयले बताएको छ । नयाँ संविधान जारी भएपछि लोक सेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भइ नियुक्त भएका पालिकाका कर्मचारीहरूलाई मात्रै मन्त्रालयले सरुवा गरेको हो ।
सूची हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
https://drive.google.com/file/d/1oQjecrwqD1VVy2onn0c3GSYqERW9asIw/view