
भक्तपुर, मंसिर २२ । सूर्यविनायक नगरपालिका–३ बालकोट सागबारीस्थित स्थानीय ३३ वर्षीय राजु श्रेष्ठको बीभत्स हत्या भएको छ ।
मंगलबार राति निर्माणाधीन हनुमन्ते करिडोर किनाराको टहरा नजिक श्रेष्ठको टाउको क्षतविक्षत हुनेगरी धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।महानगरीय प्रहरी वृत्त थिमिका अनुसार हनुमन्ते करिडोर किनाराको टहरानजिक स्थानीयले श्रेष्ठ घाइते भएको अवस्थामा फेला पारेका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले श्रेष्ठलाई अस्पताल पुराएको थियो ।
प्रहरीले मध्यपुर अस्पताल नयाँथिमी पुर्याउँदा मृत घोषणा गरेको जनाएको छ । मृतकको शव अहिले अस्पतालमै राखिएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले केहीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान तथा हत्याराको खोजी कार्य भइरहेको बताइएको छ ।