Kath Khabar
पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ, मंसिर २२ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रका  एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ र  २ मा आंशिकदेखि सामान्य बदली रहनेछ । बिहीबार दिउँसो प्रदेश १ मा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भूभागमा पनि बदली रहनेछ । बिहीबार राति प्रदेश १ र २  का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ’, महाशाखाले भनेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update