Kath Khabar
दुई कर्मचारीविरुद्ध यौन र्दुव्यवहारको  उजुरी

बाँके, मंसिर २३ । बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारमाथि यौन र्दुव्यवहारको  आरोप लागेको छ । कैलालीको टीकापुर वनभोजमा गएका बेला प्रमुख प्रशासकीय अधिकृत खराल र सुनारले यौन र्दुव्यवहार गरेको सोही गाउँपालिकाकै एक महिला कर्मचारीले आरोप लगाउनुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले खराल र सुनारमाथि यौन र्दुव्यवहारको  उजुरी परेको पुष्टि गर्नुभयो ।

यौन र्दुव्यवहारको आरोप लागेका कर्मचारीमध्ये खराललाई बाँकेको इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ भने अर्का कर्मचारी सुनार जिल्ला बाहिर रहेको जनाइएको छ । घटनाको वास्तविक कुरा अनुसन्धानबाट थाहा हुने र सोहीबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको दाबी गर्नुभएको छ । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update