Kath Khabar
सप्तरीमा ७ सय भूमिहिनलाई लाल पुर्जा प्रदान
भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सप्तरीको अग्नीसाइर कृष्णसवरण गाँउपालिकाको गाँउब्लकमा रहेका भू्मिहिनहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नु हुदैं ।

काठमाडौ, मंसिर २३ । भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सप्तरीको अग्नीसाइर कृष्णसवरण गाँउपालिकाको गाँउब्लकमा रहेका भू्मिहिनहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नु भएको छ ।  अग्नीसाइर कृष्णसवरण गाँउपालिका र तिरहुत गाँउपालिकाको गाँउब्लकमा रहेका सात सय घर परिवारलाई आज र भोली जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्न लागिएको हो ।

जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नुहुदै मन्त्री श्रेष्ठले यहि पुुस मसान्तसम्ममा देशभरीका नापी भइसकेका गाँउब्लकका नागरिकलाई जग्गा वितरण गरिसक्ने बताउनुभयो । उहाँले नापी भइसकेका गाँउब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान शुरु गरिएको र यस अभियानमा भूूमि भएरपनि भूूमि विहिन बनीरहेकाहरु कोही पनि छुुट्ननहुनेमा जोड दिदै नापी हुन बाँकी  गाँउब्लकको नापी गर्नका लागिपनि प्रक्रिया अगाडी बढिसकेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले भूूमिहिन दलित, सुकुुम्बासी र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेर काम शुुरु गरिसकेको र मुक्त हलीया, कमलरी, कमैयाको पक्षमा काम गर्न र उनीहरुको बस्तविकता अध्ययन गर्न कार्यदल बनाएर काम शुरु गरिसकेको पनि बताउनुुभयो । तल्ला तहका नागरिक र वाास्तविक पिडितको आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर छिटो काम गर्न लामा र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्न लागेको पनि पनि उहाँले बताउनुभयो ।

संविधानमा भएका नागरिकका हक कार्यान्वयन गर्न भूमिसँग जोडिएका समस्या समाधान गरेर समृद्ध मुलुक स्थापना गर्ने लक्ष्यमा आफुु प्रतिबद्ध भएर लागेको समेत बताउनुुभयो । कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोसीले अहिलेसम्म गाउँव्लकको नापी भएका जग्गाको पुुर्जा वितरण प्राथमिकतामा नपरेको भन्दै अहिले परिणम निक्लने गरी काम गर्न निर्देशन आएकाले त्यसै अनुसार विभागले काम शुुरु गरिसकेको बताउनुयभो ।

यसैक्रममा यस अघि महोत्तरीको रामगोपालपुुरमा रहेका गाउँव्लकमा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिसकिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update