बालकोट हत्यामा पक्राउ परेका दुई जनालाई प्रहरीद्धारा सार्वजनिक

भक्तपुर, मंसिर २४। सूर्यविनायक नगरपालिका-२ बालकोट निवासी ३३ वर्षिय राजन (राजु) श्रेष्ठको हत्यामा संलग्न रहेको अभियोगमा मुख्य योजनाकार सहित २ जना सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी २८ वर्षिय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ घर भइ बालकोट बस्ने मजदूर ३० वर्षिय प्रेम विश्वकर्मालाई महानगरीय प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको छ।
श्रेष्ठको हत्यामा संलग्न रहेकालाई कडा कारबाही गर्न र घटनामा पक्राउ परेका दुई जना आरोपीबाहेक अन्य पनि संलग्न हुन सक्ने आशंका व्यक्त गर्दै उनीहरुले थप संलग्नहरुको खोजी गर्न माग गर्दै बिहीबार पीडित पक्षले महानगरीय प्रहरी बृत्त थिमिमा घेराउ गरेको थियो ।
प्रहरी स्रोतका अनुसार आर्थिक लेनदेनसम्बन्धी विषयमा विवाद हुँदा हेमन्त र प्रेमले कुटपिट गरी हत्या गरेको खुल्न आएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८ १०:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय