
ललितपुर, मंसिर २४। को गोदावरी नगरपालिका–३ गोदावरीस्थित खोल्सामा सोही नगरपालिका–२ काप्रेछाप बस्ने ४४ वर्षीय श्याम बहादुर नेपाली शुक्रबार मृत अवस्थामा फेला पर्नुभएको छ।
रूपन्देहीको शुद्धोधन गाउँपालिका–५ पुरैनी बस्ने २२ वर्षीय रामदेव लोध आफ्नै घरबाट करिब ५ सय मिटर टाढा रहेको बगैंचामा शुक्रबार मृत अवस्थामा फेला पर्नुभएको छ ।
दाङको सितगंगा नगरपालिका–८ धोद्रेखोला घर भई हाल घोराही उपमहानगरपालिका–१८ ढोडेनीस्थित ठूलीआमाको घरमा बस्दै आएका जिता घर्तीको छोरा १६ वर्षीय रबिन्द्र घर्ती आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला पर्नुभएको छ।
रुकुम (पश्चिम) को आठविसकोट नगरपालिका–६ त्रिबेणी डेरा गरी बस्ने हाल नाम, थर, वतन नखुलेका ५५ वर्षीय पुरुष आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला पर्नुभएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित गछिया खोलामा हाल नाम, थर, वतन नखुलेका ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला पर्नुभएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–६ सल्यान घुम्ती प्रतीक्षालयमा हाल नाम, थर, वतन नखुलेका करिब ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेलापर्नुभएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।