Kath Khabar
कृषि कम्पनीको क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषि उद्यमी परिचय पत्रको उद्घाटन समारोह

काठमाडौँ, मंसिर २५। मुक्तिनाथ कृषि कम्पनी लि., बसुन्धराले शुक्रबार काठमाण्डौले गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा क्षेत्रीय कार्यालय, कृषि प्रदर्शनी केन्द्र र कृषि उद्यमी परिचय पत्र उद्‌घाटन समारोह गरेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री तथा माननीय डा. बाबुराम भट्टराई, विशिष्ट अतिथिको रुपमा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री चन्द्र बहादुर बुढा, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल लगायत विभिन्न सरकारी निकायहरूको प्रमुखहरु, कृषकहरु, कृषि व्यवसायीहरू, सहकारीका प्रतिनिधिहरू र मुक्तिनाथ ग्रुपसँग आवद्ध व्यक्तिहरूको को उपस्थिति रहेको थियो ।

कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै अध्यक्ष ढकालले भन्नुभयो, कम्पनीले देशभर रहेका कृषक तथा कृषि व्यवसायीहरू समक्ष वस्तु तथा सेवाहरु विस्तार गर्ने अभिप्राय अन्तरगत केन्द्रबाट भइरहेको सेवालाई थप सहज रुपमा संचालन गर्न र बढि भन्दा बढि कृषकहरु र कृषि व्यवसायीहरूलाई सेवा उपलब्ध गराउनको लागि प्रदेश स्तरीय कार्यालय स्थापना गर्ने कम्पनीको लक्ष अनुसार सर्वप्रथम गण्डकी प्रदेशको लागि कास्की जिल्ला पोखरा महानगरपालिका स्थित नागढुङ्गा कार्यालय तथा कृषि सामाग्रीहरूको प्रदर्शनी स्थलको स्थापना गरेका छौ । साथै गण्डकी प्रदेश भरका कृषकहरू तथा कृषि व्यवसायीहरू लाभान्वित हुने गरी स्थापना गरिएको उल्लेखित कार्यालय तथा कृषि प्रदर्शनी केन्द्र सहित कृषि उद्यमी परिचय पत्रलाई भव्य समारोह बिच उद्‌घाटन गरी समग्र गण्डकी प्रदेशको कृषि क्षेत्रको सवलिकरणमा निजी क्षेत्रको संस्थागत अभियान सुरुवात भएको खबर प्रभाह गर्ने अभिप्राय सहित आजको कार्यक्रम आयोजना गरिएको हो, उहाँले भन्नुभयो ।

कार्यक्रममा गण्डकीको प्रदेशको प्रारम्भिक कार्य अवधारणा कम्पनी सचिव तथा वरिष्ठ प्रबन्धक रामशरण तिमल्सिनाले गर्नुभएको थियो । जसमा मुख्यतः कृषकसँग मुक्तिनाथ अभियान, कृषि उद्यमी परिचय पत्रको वितरण, कृषि श्रोत केन्द्रहरुको स्थापना, नवप्रवर्तक केन्द्रको सुरुवात, एक स्थानीय संरचना, एक कृषि परियोजना, अर्गानिक मल बैंकको स्थापना र बजार केन्द्रको स्थापना लगायतका कार्यहरु रहेका थिए । त्यस्तै कार्यक्रममा बोल्दै मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले कृषि आयातको अवस्था दयनीय रहेको र कृषि अर्थतन्त्रको सुधारमा कृषि कम्पनीले वृहत रुपमा काम गर्नुपर्ने अभिमारा रहेको बताउनुभयो ।

विशिष्ट अतिथि चन्द्र बहादुर बुढाले कम्पनीले क्षेत्र विस्तारको क्रममा पहिलो प्रदेशको रुपमा गण्डकीबाट काम शुरु गरेकोमा धेरै धरै धन्यवाद दिदै प्रदेश मन्त्रालय निजी क्षेत्रसंग समन्वय गर्नको लागि तयार रहको र निजी क्षेत्रसंग समन्वय गर्नको लागि नीतिनियममा कठिनाई रहेको भए त्यसलाई सुधारेर अघि बढ्न सकिने बताउनुभयो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कम्पनीको ध्येय, लक्ष, उद्देश्य र कार्यक्रमहरु एकदमै राम्रो रहेको तर कार्यान्वयनको लागि केहि चुनौतीहरु रहेको औल्याउनुभयो । उहाँले भन्नुभयो, यस कम्पनीको कार्यक्रमहरु सफलताको लागि नीतिगत रुपमा नै समग्र संरचनाहरु सुधार्नु पर्ने, कृषिलाई उद्योगसंग जोडनुपर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिनियमहरु बन्नुपर्नेमा जोड दिनुभयो । नेपालले पूर्वि एसियाका देशहरुले कृषिमा मारेको फड्कोको सन्दर्भमा अध्ययन गर्नुपर्ने र त्यसको विकसित मोडल तयार गरेको खण्डमा मात्र हामीले सोचेजस्तो विकास गर्न सकिनेमा जोड दिनुभयो ।

कार्यक्रम समापन गर्दे कम्पनीका अध्यक्ष ढकालले, कृषि क्षेत्रमा धेरै चुनौतिहरु रहेका भएपनि त्यसलाई चिरेर अगाडि बढ्नको लागि मुक्तिनाथ कृषि कम्पनी सक्षम हुने र त्यसको लागि कम्पनीले सोहि अनुसारका योजना तथा कार्यक्रमहरु बनाइरहेको जानकारी दिनुभयो । साथै कम्पनीले दोश्रो कार्यक्रमको रुपमा सोहि मितिमा तेश्रो वार्षिक साधारण सभा पनि सम्पन्न गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update