भालुको आक्रमणबाट दुई जना घाइते

बैतडी, मंसिर २६। जङ्गली भालुको आक्रमणबाट जिल्लाका दुई जना गम्भीर घाइते हुनुभएको छ । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द हुनुहुन्छ।
शनिबार दिउँसो घर नजिकैका जङ्गलमा घाँस काट्न गएका बेला उहाँहरुलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले जानकारी दिनुभयो । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
(रासस)
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८ १०:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय