Kath Khabar
पहिचान नखुलेका पुरुष मृतावस्थामा



जाजरकोट, मंसिर २६। नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष रुकुम आठबीसकोटमा मृतावस्थामा भेटिएको छ । आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका बस्नुभएको उहाँ सोही होटलमा मृत भेटिनुभएको हो ।

शनिबार राति उहाँलाई मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो। डोल्पा र रुकुमपश्चिमका विभिन्न बजारमा काम गर्दै हिँड्ने उहाँलाई सबैले ‘राई दाइ’ भनेर सम्बोधन गर्ने बताइएको छ ।

(रासस)

 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update