आजदेखि पाल्पा-बुटवल सडक खण्ड दैनिक ७ घण्टा बन्द

पाल्पा, मंसिर २८ । पाल्पा-बुटवल सडक खण्ड आजदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड आउँदो पुस १३ गतेसम्म दैनिक ७ घण्टा बन्द हुने भएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाका अनुसार मंगलबार देखि पुस १३ गतेसम्म राति साढे नौ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द हुने जनाएको छ ।
सडक ममैत सम्भार अन्र्तगत सडक चौडा बनाउन र पहाड कटानका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । सिद्धबाबा–झुम्सापुल र कालीमाटी–गौडेपुलसम्म काम भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८ ०९:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय