Kath Khabar
देशभर चिसो बढ्दै, जुम्लाको -४ र काठमाडौंको ४ डिग्री सेल्सियस तापक्रम
फाईल तस्बिर

काठमाडौं, मंसिर २८ । मध्य तथा पश्चिमका क्षेत्रमा आंशिक बदली रही अरु स्थानको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव अहिले नेपालमा रहेको मौसमविद्हरुले बताउनु भएको छ । हाल पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदहरुको भनई छ ।

यस्तै मंगलबार जुम्लाको तापक्रम माइनस ४ डिग्री सेल्सियस र काठमाडौंको ४ डिग्री सेल्सियस रहेको छ ।

यस्तै राति देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैबीच देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन समेत मौसमविदहरुले आग्रह गर्नु  भएको छ । यस्तै नागरिकहरुले भेन्टिलेशन नभएका कोठाहरुमा हिटर बालेर नछाड्न, आगो ताप्दो होस् पुराउनु आवश्यक छ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update