Kath Khabar

बनेपा, मंसिर २८ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१० पुरानागाउँका स्थानीय समाजसेवी रामकृष्ण श्रेष्ठका पहलमा गाउँका स्थानीय बासिन्दालाई न्यानो कपडा वितरण गरिएको छ । नमोबुद्ध–१० को समन्वयमा उहाँले आफ्नो जन्मथलो पुराना गाउँमा कम्बल र न्यानो टोपी वितरण गर्नुभएको हो ।

२३५ जनालाई वडाध्यक्ष रामकृष्ण अधिकारी र समाजसेवी श्रेष्ठले संयुक्त रुपमा ती सामग्री वितरण गर्नुभएको हो  । समाजसेवी श्रेष्ठले यसअघि वडा नं १० को कार्यालय भवन निर्माणका लागि पनि निःशुल्करूपमा १० आना एक पैसा एक दाम जग्गा उपलब्ध गराउनुभएको छ ।

सो अवसरमा वडाध्यक्ष  अधिकारीले श्रेष्ठको सहयोगले वडावासीका लागि ठूलो राहत मिलेको बताउनुभयो । विगतमा पनि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, महिलालगायत लक्षित वर्गका लागि वडाले अत्यावश्यक सामग्री वितरण गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update