Kath Khabar
चालकसहित स्काभेटर पुरियो


म्याग्दी, पुस ५। रघुगङ्गा गाउँपालिका–४ दग्नाममा आज पहिराले चालकसहित स्काभेटर पुरिएको छ । तुदी पावर कम्पनीद्वारा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको सडक निर्माणका क्रममा चालक र स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले स्काभेटर चालक रघुगङ्गा–२ का अन्दाजी २७ वर्षका भीमबहादुर खत्री पहिरामा पुरिएको जानकारी दिनुभयो । “अर्को स्काभेटरको सहायताले पुरिएको स्काभेटर र चालकको खोजी भइरहेको छ”, उहाँले भन्नुभयो, “सडक खनिरहेको अवस्थामा एक्कासि पहिरो खसेर पुरिएको हो ।” प्रहरी निरीक्षक गुरुङसहितको सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदूर र स्थानीयवासी पुरिएको स्काभेटर र चालकको खोजीमा जुटेका छन् ।

(रासस)

 

 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update