Kath Khabar
काठमाडौं मोडल कलेजको होस्टेलमा एक छात्राको मृत्यु, होस्टेलको लापरबाही भन्दै विद्यार्थी आन्दोलनमा

काठमाडौं, पुस ६। बागबजारस्थित काठमाडौं मोडल कलेजमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीको सोही कलेजकै होस्टेलमा मृत्यु भएको छ। मृत्यु भएका छात्रा रौतहटको गढीमाई नगरपालिकाका १८ वर्षीय सुशील सहनीको भएको महानगरीय प्रहरी वृत कमलपोखरीका डिएसपीले जानकारी दिनुभयो ।

सहनी उक्त कलेजको बाथरुममा सोमबार दिउँसो ग्यास गिजरमा नुहाउने क्रममा बेहोस हुनुभएको थियो र उपचारको क्रममा उहाँको मृत्यु भएको डिएसपीले बताउनुभयो।

कलेजको लापरबाहीको कारण सहनीको मृत्यु भएको भन्दै आज बिहानै देखि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। मृतकका आफन्त, कलेज प्रशासन र प्रहरीबिच घटनाको बारेमा छलफल भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update