Kath Khabar
हराइरहेकी महिलाको शव पोखरीमा

जलेश्वर, पुस ६।  महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ३ बरदाहा गाउँ बस्नुहुने एक महिला चार दिनदेखि हराइरहेकामा सोमबार साँझ पोखरीमा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय फजेल राईनकी पत्नी २२ वर्षीया रुक्साना खातुन गत शुक्रबारदेखि घरबाट हराइरहनुभएको थियो ।

उहाँ घरबाट हराएपछि परिवारले प्रहरी चौकीमा गरेपछि उहाँको खोजी भइरहेको थियो । शव घर नजिकैको पोखरीमा तैरिइरहेको अवस्थामा फेला पारिएको हो। पानीमा चार दिनसम्म ढाडिएकाले शवको घाउखत स्पष्ट नदेखिएको र शङ्कास्पद मृत्यु भन्दै प्रहरीले शव परीक्षणका लागि जिल्ला अस्पताल पठाएको छ ।

(रासस)

 

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update