काठमाडौंको तापक्रम ३ दशमलव ४ डिग्री, तराई भेगमा शितलहरको सम्भावना

काठमाडौँ, पुस ७। काठमाडौंको आज बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ। काठमाडौंमा बिहान ६ बजे ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।
दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिनुभयो । आज पूर्वी नेपालको हिमाली तथा उच्च पहाडी भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ, मध्याह्नसम्म उक्त हुस्सु र कुहिरो हट्ने मौसमविद् बताउनुहुन्छ। एकपटक पानी परेपछि तराईमा शितलहर सुरु हुने सम्भावना रहेको छ । पानी परेपछि तराई क्षेत्रमा शितलहरको सम्भावना हुन्छ । शितलहर सुरु भएपछि अझै चिसो हुने सम्भावना रहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८ ११:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय