अन्तरजातीय विवाहपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी भेटिए
सिमकोट, पुस ७। अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका कामी खार्पुनाथ गाउँपालिकामा फेला पर्नुभएको छ। उहाँलाई खार्पुनाथमा हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । उहाँ सकुशल रहेको प्रहरीले जनाएको छ ।
सर्केगाड गाउँपालिका-१ जैर गाउँका कामीले गत मंसिर ५ गते मुगुको सोरु गाउँपालिका-४ की रमिला मल्ललाई भगाउनुभएको थियो। कर्णाली प्रदेशका प्रवक्ता एसपी माधव श्रेष्ठले दिएको जानकारीअनुसार उहाँ आज बिहान सम्पर्कमा आउनुभएको छ । चन्द्रेको खोजीमा ४० जना प्रहरी खटिएका थिए ।
मंसिर २९ गते रमिलालाई माइतीपक्षले लगेपछि चन्द्रे सोही दिनदेखि नै बेपत्ता हुनुभएको थियो । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षले निर्घातरूपमा कुटपिट गरेका थिए ।
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८ ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय