Kath Khabar
रजतपट कार्यक्रमका सञ्चालक सुवेदी विरुद्ध वर्षा शिवाकोटीको उजुरी


काठमाडौं, पुस ८ । एपिवान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम रजतपट र उक्त कार्यक्रमका सञ्चालक प्रकाश सुवेदीविरुद्ध अभिनेत्री वर्षा शिवाकोटीले उजुरी दर्ता गर्नुभएको छ । उहाँले सुवेदीको कार्यक्रम रजतपटविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराउनुभएको हो ।

सुवेदीले रजतपट कार्यक्रममार्फत आफ्नो व्यक्तिगत जीवनको कुरा झिकेर अपमान गरेको आरोप लगाउँदै शिवाकोटीले उजुरी दर्ता गर्दै कारबाहीको माग गर्नुभएको हो । कार्यक्रम रजतपटमा सुवेदीले गसिप रिपोर्ट भन्दै वर्षाको प्रेम, विछोड र उहाँको पहिरनलाई लिएर रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update