सिन्धुपाल्चोकमा ट्रक दुर्घटना, एकको मृत्यु

सिन्धुपाल्चोक, पुष ९ । मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । आज बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राइले जानकारी दिनुभयो ।
ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन् । जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको मृत्यु भएको निरीक्षक राईले बताउनुभयो । कार्की गाडीधनी हुनुहुन्छ। अहिले प्रहरीले घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८ ११:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय