मनोहरामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाडौं, पुस १२। काठमाडौँको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२-०१७प९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्नुहुने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८ १२:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय