Kath Khabar
देशभर मौसम बदली रहने, हिमाली जिल्लामा भारी हिमपातको सम्भावना


काठमाडौं, पुष १३। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा आज हुस्सु र कुहिरो लागेको अवस्था छ।

आज र भोलि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने  र पर्सि बिहीवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताउनुभएको छ ।

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update