भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु, तीन जनाको उपचार हुँदै

बाँके, पुस १५। बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गएको छ ।
भेरी अस्पताल नेपालगञ्जका कार्यालय सहयोगीको रुपमा कार्यरत कालीकोटको खाँडाचक्र नगरपालिका-४ का धर्मप्रसाद भट्टराईको परिवारका चार सदस्यको अस्पतालको क्वाटरमै ज्यान गएको हो ।
गएराति अस्पतालको क्वाटरमा उहाँका सासु, दिदी र उहाँको तीन महिनाका छोराको ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । उहाँकाअनुसार धर्मप्रसादकी श्रीमती, ३ वर्षका छोरा र भाईको भने उपचार भइरहेको छ ।
प्रहरीकाअनुसार उनीहरु सुतेको कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा आगो बालेर राखेको पाइएको छ । झ्याल ढोका बन्द भएकाले निस्सासिएर चार जनाको ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८ ११:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय