ललितपुरको टौखेलबाट बुद्धको मूर्ति चोरी

ललितपुर, पुस १७ । गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ ।
चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८ १६:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय