आगोले जलेर काठमाडौंको घट्टेकुलोमा एक व्यक्तिको मृत्यु

काठमाडौं, पुस १८ । काठमाडौं महानगरपालिका २८ घट्टेकुलो बस्नुहुने ८९ वर्षीया नन्द कुमारी बस्नेतको आगोले जलेर शनिबार राति मृत्यु भएको छ ।
आफ्नै घरमा आगो ताप्ने क्रममा पुस १५ गते दिँउसो बस्नेतले लगाएको कपडामा आगो सल्किएर गम्भीर घाइते हुनुभएकी उहाँको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८ १४:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय