गायक राजेश पायल राईमाथि हातपात गर्ने व्यक्तिले प्रत्यक्ष भेटेर मागे माफी
काठमाडौं, पुष १९। गायक राजेश पायल राई माथि दुर्व्यवहार गर्ने व्यक्तिले माफी माग्नु भएको छ । चर्चित गायक राजेश पायल राईमाथि गत शुक्रबार न्युयोर्कमा एक सांगीतिक कार्यक्रममा दुर्व्यवहार भएको थियो ।
पासाङ दावा शेर्पा नामका ति व्यक्तिले एउटा कार्यक्रमबीच राजेश पायल राईसँग माफी माग्नुभएको छ । उहाँले राजेश पायल राईज्यू आफ्नो फ्यान भएको र त्यो दिन स्टेजमा आफूले अँगाल्छु, माया गर्छु भनेर उचाल्न खोज्दा होश गुमाई अभद्र व्यवहार हुन गएकोमा उहाँसँग माफी माग्दछु भन्नुभएको छ । अब फेरी यस्तो गल्ती नगर्ने समेत उहाँले बताउनुभएको छ ।
राजेश पायल राईले पनि उहाँले माफी मागीसक्नुभएको छ । अब उप्रान्त उहाँलाई कुनै गालीगलौज नगरीदिनुहुन आफ्ना दर्शक र स्रोताहरुलाई अनुरोध गर्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८ १०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय