काठमाडौँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं, पुष २०। काठमाडौँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ महानगरपालिका-९ तिलगङ्गा पिङलास्थानमा बा५ख १५३८ नं को बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार साँझ ठक्कँर दिँदा गम्भीर घाइते हुनुभएकी कृतिकाको उपचारको क्रममा आज बिहान काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटना गराउने बसका चालक फरार रहेकाले उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८ १३:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय